परिचय / Introduction

सहकारी ऐन २०४८ अन्तर्गत वि. स. २०५७ सालमा स्थापित भएता पनि यस सिभिक बचत तथा ऋण सहकारी संस्था लि. को प्रधान कार्यालय स्काउट भवन लैनचौर काठमाडौँमा २०६३ साल देखि संस्थापना गरि वित्तिय कारोबार गर्दै आएकोमा २०७१/९/६ देखि बहुउद्देश्यीय सहकारी संस्थामा परिणत भएको छ। हाल यस संस्था मिति २०७४/३/१ देखि उत्तरढोका, लाजिम्पाटमा स्थानान्तरण भई सेवारत रहेको छ।

सर्वसाधारण नेपाली जनताको आर्थिक सम्मुनातिको लागि समसामयिक आवश्यकता र भविष्यका सम्भावना तर्फ परिलक्षित गरि छरिएर रहेको पुंजीलाइ एक्रिकृत गर्ने उद्देश्यका साथ विपन्न तथा निम्न आय भएका उद्धमशिल, पारिश्रमिक नागरिकहरुलाई नियमित रुपमा बचत गर्ने बानि बसाल्नको अतिरिक्त उनीहरुको सीप, जाँगर, मेहेनत तथा इमान्दिरिताको कदर गर्दै सरल एवं सुलभ ढंगले कर्जा प्रवाह गरि उनीहरुको आर्थिक तथा सामाजिक स्तर अभिवृद्धि गराई देश विकासमा समेत महत्वपुर्ण टेवा पुर्याउने उद्देश्यले यस सिभिक बहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापना भएको हो। मुलुकको आर्थिक विकासमा वित्तिय संस्थाहरुले खेल्ने भूमिका महत्वपुर्ण हुन्छ। एकत्रित भएको पुंजीलाई उत्पादनमुलक, आयमुलक तथा सीपमुलक कार्यमा लगानी गर्दै प्रतिस्पर्धात्मक रुपमा उच्च गुणस्तरीय तथा विश्वासनीय वित्तिय सेवा पुर्याउनका साथै सदस्यहरुलाई कर्जा प्रदान गरि घर दैलोमा वित्तिय सेवा उपलब्ध गराउने यस संस्थाको प्रमुख लक्ष्य रहेको छ। यस संस्थाको विकासक्रम संगै १८ औं बार्षिक साधारण सभा सम्पन्न गरिरहेको घडीमा यस आन्तर्गत सिभिक हाउजीङ्ग प्रा. लि. र सिभिक इन्भेस्टमेन्ट प्रा. लि. जस्ता संस्थाहरु सफल रुपमा संचालन गरिरहेको छ।

सुविधाहरु / Services

निक्षेप/कर्जा सेवा

विद्यमान प्रतिस्पर्धात्मक वित्तिय बजारमा निक्षपकर्ताहरुलाई आकर्षक ब्याज प्रदान गर्ने गरि संस्थाले बचत योजनाहरु तथा कर्जा लगानी तथा सापट योजना लागु गरिएको छ।

विप्रेषण सेवा

सदस्य वर्गको सुविधालाई ध्यानमा राखी नेपालभर संचालित विभिन्न प्रकारको विप्रेषण सेवा (Remittance) सुविधा उपलब्ध गराएको छ।

मोबाईल बैंकिंग सेवा

अब सिभिक बहुउद्देश्यीय सहकारी संस्थामा लि. मोबाईल बैंकिंग एप बाट सरल र सुरक्षित तरिकाले विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नुहुनेछ|

सहयोगी संस्थाहरु / Sister Concerns

सम्पर्क / Contact

यदि तपाइलाई हाम्रो निक्षेप, कर्जा, सापटी तथा अरु सेवाहरु बारे जानकारी लिन इच्छा भएमा हामीलाई इमेल वा फोन गर्नुहोस। नत्र दायाँको फोर्म भर्नुहोला, हामी तपाइलाई छिट्टै सम्पर्क गर्नेछौ|

Office Location :

  • Uttar Dhoka, Lazimpat, Kathmandu.
  • +977-14544700, 4544800, 4524776
    9843008580 (Viber)
  • +977-01-4524776

** तपाईंको विवरणहरू गोपनीय राखिने छ। **